जेठ १५ । सरकारले रेल सेवाका लागि १० अर्ब तीन करोड रुपैयाँ विनियोजन गरेको छ। आउँदो आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले रेलको बजेटबारेमा जानकारी गराएकाहुन्।
आउँदो आर्थिक वर्ष जयनगर–जनकपुर–कुर्ता–बिजलपूरा र जोगवनी–विराटनगर खण्डमा रेल सेवा सुरु गर्ने, बर्दिबास स्टेशनको निर्माण सुरु गर्ने, काठमाण्डौमा मेट्रो रेलको सम्भाव्यता अध्ययन लगायतका कार्यक्रम समेटिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहेकाछन्। चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो।
संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो।


























