चितवन। जंगलमा निउरो खोज्न गएकी एक महिलाको गैँडाको आक्रमणबाट मृत्यु भएको छ। पञ्चकन्या सामुदायिक वन र चतुर्मुखी सामुदायिक वनको सीमा क्षेत्रमा निउरो टिप्दै गरेकी कालिका १ लालीगुराँस टोलकी ५५ वर्षीय तेजकुमारी शिकारी सुनुवार राईलाई शनिबार दिउँसो करिब १ बजेको समयमा गैँडाले आक्रमण गर्दा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि गाउँघरका अधिकांश मानिसहरू जंगल जाने गरेका छन्। जिल्लाका विभिन्न सामुदायिक वनहरूमा घाँस दाउरा गर्ने र निउरोलगायतका जंगली सागपात खोज्न जानेहरूको संख्या बढ्दै गएको छ।
Facebook Comments


























