जेठ १४ । नेपाली बजारमा आज सुन चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सुन हिजो तोलाको ९४ हजार दुई सय रुपैयाँ कारोबार भएको थियो। त्यस्तै तेजावी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ। त्यसैगरी चाँदीको मूल्य आज पनि स्थिर रहेको छ। चाँदी आज पनि तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
Facebook Comments


























