जेठ १४ । युनिभर्सल बोस क्रिस गेलले क्यारेबियन प्रिमियर लिग खेल्ने भएका छन्। वेस्ट इन्डिजका स्टार ब्याट्सम्यान क्रिस गेलले यस वर्षको सिपिएल टि–ट्वान्टी क्रिकेट खेल्ने भएका हुन्।
गेलले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबाट सिपिएल खेल्न लागेका हुन्। प्याट्रिओट्सले बिहीबार गेलले यस सिजन आफ्नो टिमबाट खेल्ने घोषणा गरेको छ। व्यक्तिगत कारण देखाएर ४१ वर्षीय बिस्फोटक ब्याट्सम्यान गेलले गत सिजन सिपिएल खेलेका थिएनन्। २०२१ को सिपिएल क्रिकेट अगस्ट २८ बाट सुरु हुँदैछ।
सिपिएल क्रिकेट प्रतियोगितामा कुल ३३ खेल हुनेछन्। नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले यस पटक ट्रिनबागो नाइट राइडर्सबाट सिपिएल खेल्दैछन्। एजेन्सी
Facebook Comments


























