जेठ १२ । इण्डियन प्रिमियर लिग (आइपिएल) यस सिजनका बाँकी खेल युएईमा हुने तयारी भएको छ। भारतीय मिडियाहरुका अनुसार मे ४ मा स्थगित भएको आइपिएलमा ३१ खेल्न बाँकी रहेका ३१ खेल युएईमा हुने टुंगो लागेको छ।
भारतको इङल्याण्ड सिरिज १४ सेप्टेम्बरमा सकिने भएकाले त्यसपछि हुने विश्वकप टी-२० विचमा एक महिनाको समय बाँकी हुने र सोहि समयमा आइपिएलका बाँकी खेल खेलाउने तयारी गरिएको बताइएको छ।
तीन सातामा १० दिनमा हरेक दिन दुई खेल खेलाएर २० खेल खेलाउने र बाँकी दुई सातामा बाँकी खेल खेलाउने गरि तयारी भएको मिडिया रिपोर्टमा उल्लेख छ।
१४औ सिजनको आइपिएलका अहिलेसम्म २९ खेल खेलिएका छन् भने भारतमा कोरोना संक्रमण तिब्रगतिमा बढेपछि मे ४ मा स्थगित भएको थियो। आइपिएलको यस सिजनमा अहिलेसम्म दिल्ली क्यापिटल्स पहिलो स्थानमा छ भने चेन्नई सुपर किंग्स दोस्रो र रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो स्थानमा रहेको छ। एजेन्सी


























