जेठ ११ । दोस्रो एकदिवसीय क्रिकेटमा बंगलादेशले श्रीलंकालाई जितका लागि २ सय ४७ रनको लक्ष्य दिएको छ। ढाकामा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४८ ओभर १ बलमा अलआउट हुँदै २ सय ४६ रन बनायो।
बंगलादेशका लागि मुस्फिकर रहिमले १ सय २५ रनको शतकीय इनिङ्स खेले। यस्तै महमुदउल्लाहले ४१ रन जोड्दा लिटोन दासले २५ रन बनाए। कप्तान तमिम इकबाल १३ रनमा आउट हुँदा शकिब अल हसन सुन्य रनमा आउट भए।
श्रीलंकाका लागि लक्षण सन्दुकन र दुश्मन्था चामिराले ३/३ विकेट लिए। इशुरु उडानाले २ विकेट लिए। तीन खेलको एकदिवसीय सिरिजका लागि श्रीलंका बंगलादेशको भ्रमणमा रहेको छ। पहिलो खेलमा बंगलादेशले ३३ रनको जित निकालेको थियो। एजेन्सी
Facebook Comments


























