जेठ ९ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। बढेको मूल्यसँगै आज छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ तोकिएको छ। यस्तै, चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले सस्तिदैँ प्रतितोला १ हजार ३४५ रुपैयाँ कायम भएको छ।
Facebook Comments


























