जेठ ७ । शुक्रबार सुनको मूल्य पुनः गत बुधबारको मूल्यमा झरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घट्दै ९३ हजार ३०० रुपैयाँमा कायम भएको हो।
जबकी गत बुधबारको सोही मूल्यमा ४०० रुपैयाँले बढेर बिहीबार सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ पुगेको थियो। महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कामय भएको छ। यता, चाँदीको मूल्य भने शुक्रबार पनि प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३५० रुपैयाँ कामय भएको छ।
Facebook Comments


























