काठमाडौं, जेठ ६ । स्पेन सरकारले नेपाललाई उपलब्ध गराएको कोभिड स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ। स्पेनको स्वास्थ्य मन्त्रालयले कार्गो गरेर आइबेरिया एयरलाइन्सको जहाँजमा स्वास्थ्य सामाग्री पठाएको हो।
कार्गोमा ५ टनभन्दा बढी कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री रहेको बताइएको छ। जसमा १५ रेस्पिरेटर, १० अक्सिजन कन्सेन्ट्रेटर, करिब डेढ लाख एफएफपी २ फेस मास्क र १ लाख २५ हजार एन्टीजेन किट रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर स्वास्थ्य सामाग्री बुझेका छन्।
यसैबीच स्वास्थ्य सामाग्री लिएर आएको जहाजले स्पेनिस नागरिकलाई फिर्ता लिएर जाने बताइएको छ। नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालमै रोकीएका नागरीकलाई सोही जहाजमा स्वदेश फकाईने जनाइएको छ।
Facebook Comments


























