जेठ ६ । अभिनेत्री रोशनी केसी कोरोना संक्रमित भएकी छन्। केसीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो।
‘गत हप्ताको मंगलबारबाट मेरो स्वास्थ्यमा समस्या देखिएका थियो। साधारण रुघाखोकी होला भने त्यही अनुसारको औषधी खाएको थिए’, केसीले भनिन्, ‘गत शनिबारदेखि झन् सिरियस बनायो। यो कोरोना नै हो भनेर सजक रहेर छुट्टै बस्दै आएको थिएँ।’
आफूलाई केही दिन गाह्रो पारेकोले सहज भएपछि बुधबार मात्र कोरोना चेक गराएकी उनको कोरोना पुष्टि भएको बताइन्। उनी अहिले होम आइसोलेसनमा छिन्।
‘जानी नजानी’ र ‘डा.खाते’ फिल्म समेत निर्माण गरेकी केसी म्युजिक भिडियो समेत निर्देशन गर्दै आएकी छन्। केसी नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको महामन्त्री पनि हुन्।
Facebook Comments


























