नवलपरासी, जेठ ५ । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ।
जिल्लाको प्रतापपुर गाउँपालिका ६ कंगली खोलास्थित सीमामा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर जिल्लाकै प्रतापपुर गाउँपालिका ६ कठहवाँ बस्ने २२ बर्षिय युवा अभिनास राजभरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए।
सशस्त्र प्रहरीको गोली मृतक राजभरको खुट्टामा लागेको थियो। गोली लागेपछि मृतक राजभर गम्भीर घाइते भएका थिए। उनको उपचार स्थानीय सहिद स्मृति अस्पतालमा हुन नसकेपछि थप उपचारका लागि बुटवल स्थित लुम्बिनी सिटि हस्पिटल पठाइएको थियो। घाइते राजभारलाई उपचारका लागि लैजाँदा बाटोमै मृत्यु भएको लामाले जानकारी दिए।
Facebook Comments


























