जेठ ५ । गायक राजेश पायल राइको स्वरमा समावेश ‘आधा लैजाउ तिमी माया’ गीत सार्वजनिक भएको छ। यो गीतमा तारा लिम्बुको शब्द, सबिन लिम्बुको संगीत छ।
सार्वजनिक गीतको भिडियोमा अमित सुब्बा र क्रिन्चा राइको अभिनय हेर्न सकिन्छ। यो भिडियोको छायांकन बेलायतमा गरिएको हो। भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन्। भिडियोमा कुशलकै छायांकन तथा सम्पादन छ। भिडियोमा अमित र क्रिन्चाको मायालु पलहरुलाई उतारिएको छ।
Facebook Comments


























