जेठ ४ । हिन्द महासागरमा जहाज डुबेको छ। महासागरमा चलेको तुफानमा परी जहाज डुबेको हो। जहाज डुब्दा १३० जना बेपत्ता भएका छन्। मुम्बईभन्दा १७५ किलोमिटर टाढाको सो हिरा आयल फिल्ड्सको नजिकै फसेको भारतीय जहाज समुन्द्रमा डुबेको हो।
सो जहाजमा २ सय ७६ जना रहेकोमा १ सय ४६ जनाको भारतीय जल सेनाले सकुशल उद्दार गरेको छ। १ सय ३० जना भने अझै हराइरहेका छन्। सोही क्षेत्रमा अर्को एउटा जहाज पनि फसेको छ। सो जहाजमा १३७ जना रहेकोमा ३८ जनाको उद्दार गरिएको छ। बाँकी ९९ जनाको अझै उद्दार हुन सकेको छैन। एजेन्सी
Facebook Comments


























