जेठ ३ । इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले घरेलु मैदानमा हुने न्युजिल्याण्डविरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन्। चोटको कारण बलर आर्चरले न्युजिल्याण्डविरुद्धको सिरिज गुमाउने भएका हुन्।
आर्चरले दाहिने हातको कुहिनोको चोटको कारण सिरिज गुमाउने भएका हुन्। इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आर्चरले सिरिज गुमाउने पुष्टि गरेको छ।
चोटकै कारण उनले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) गुमाएका थिए।
चोट मुक्त हुँदै उनी काउन्टी च्याम्पियनसिप खेलेका थिए। तर, उनको चोट पुन बल्झिएको बताईएको छ। इंग्ल्यान्डले जुनमा न्युजिल्याण्डसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ। पहिलो टेस्ट जुन २ मा लर्ड्समा सुरु हुनेछ। एजेन्सी
Facebook Comments


























