जेठ ३ । एट्लेटिको मड्रिड ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ। आइतबार रातिको खेलमा ओसासुनालाई २–१ गोलले पराजित गर्दै एट्लेटिको उपाधि नजिक पुगेको हो।
सात वर्षपछि पहिलोपल्ट ला लिगा उपाधि उचाल्न लागेको एट्लेटिकोको लक्ष्य अब एउटा जित हात पारे पूरा हुनेछ। आइतबारको खेलमा ७५औं मिनेटमा अन्टे बुदिमिरको गोलमार्फत अग्रता लिएको ओसासुना जिततर्फ अग्रसार भइरहँदा ८२औं मिनेटमा रेनान लोदीले गोल गर्दै खेल बराबरीमा ल्याए। ८८औँ मिनेटमा यान्निकद कार्रास्सोको पासमा लुइस स्वारेजले निर्णायक र महत्वपूर्ण गोल गरेपछि एट्लेटिको विजयी भयो।
अब अन्तिम खेलमा एट्लेटिकोले रियल भालाडोलिडलाई पराजित गरे उपाधि जित्नेछ। एजेन्सी
Facebook Comments


























