काठमाडौं, जेठ ३ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माग गरेका छन्।
एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औँ स्मृति दिवसको अवसरमा नेता नेपालले एक वक्तव्य जारी गर्दै घटनाको यथार्थ पत्ता लगाउन सरोकारित निकायसँग माग गरेका हुन्। भण्डारी र आश्रितको ०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो।
Facebook Comments


























