जेठ २ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुलले वेस्ट ब्रुमसँग प्रतिस्पर्धा गर्दैछ। लिभरपुलले वेस्ट ब्रुमसँग उसैको मैदानमा खेल्नेछ। लिभरपुल र वेस्ट ब्रुमबीचको खेल राति सवा ९ बजे सुरु हुनेछ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा लिभरपुल सहज जितको खोजीमा हुनेछ। लिभरपुल वेस्ट ब्रुमलाई हराएर शीर्ष चारको होड कायम राख्न चाहन्छ। लिभरपुल ६० अंक जोडेर लिगको पाँचौं स्थानमा रहेको छ।
वेस्ट ब्रुम रेलिगेसनमा परिसकेको छ। २६ अंक जोडेर वेस्ट ब्रुम १९ औं स्थानमा रहेको छ। प्रिमियर लिग अन्तर्गत नै टोटेनहमले घरेलु मैदानमा उल्भ्ससँग खेल्नेछ।
यस्तै एभर्टनले सेफिल्ड युनाईटेडसँग खेल्नेछ। क्रिस्टल प्यालेस र एस्टन भिल्लाबीच समेत खेल हुनेछ। एजेन्सी
Facebook Comments


























