काठमाडौं, जेठ २ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी) को बैठक अहिले जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बैठक सिंहदरबारमा जारी रहेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए।
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै विभिन्न अस्पतामा भएको उपकरण अभाव तथा अक्सिजनको अभाव व्यवस्थापनमा चाल्नुपर्ने कदमका विषयमा आजको बैठकले निर्णय लिने बताइएको छ।
Facebook Comments


























