देवघाट, जेठ २ । तनहुँ जिल्लाको देवघाट गाउँपालिका वडा नम्बर ५ मा कोरोना भाइरस सङक्रमित विरामीहरुको घर दैलोमा पुगेर स्वास्थ्य सामग्री संगै स्वास्थ्य अवस्था बुझ्न देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापा,देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ, देवघाट ५ नम्बर वडा सदस्य भोजराज नैनावस्ति, देवघाट गाउँपालिका स्वस्थ्य प्रमुख प्रदीप बुढाथोकी, देवघाट ईलाका प्रहरी इन्चार्ज सुशील लामिछाने सहित पुगेकाछन्।
देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कोविड १९ संक्रमित ब्याक्तीहरुलाई सामाजिक दुरि कायम गरि घरदैलोमा पुगेर स्वास्थ्य सामाग्री संगै स्वास्थ्य अवस्था बारे जानकारी लिई संक्रमित ब्याक्तीहरुलाई स्वास्थ्यको कामना सहित हौसला प्रदान गरेका थिए।। साथै उनले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट देवघाट बासीलाई सुरक्षित राख्न विभिन्न प्रवेश नाकाहरुमा अनावश्यक रूपमा आवतजावत गर्ने मानिसहरुलाई निगरानीमा राखी थप सुरक्षामा कडाइ गरेको उन बताए।
देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुले गाउँपालिका भित्र ५ वटा वडा मध्य देवघाट ५ नम्बर वडा भित्र पर्यटकीय देवघाटधाम रहेको हुनाले तिर्थालुहरु आवतजावत हुने सम्भावित प्रवेश मुख्य नाकाहरु यहीँ वडा भित्र रहेको हुनाले वडामा भित्रिने मानिसहरुको बारेमा शुक्ष्म अध्यन गरिएको उनले बताए।
पालिका स्थित स्वास्थ्य शाखाले पिसिआर गर्न आवश्यक लागेका नागरिकहरुको स्वाव सङ्कलन गर्ने र पिसिआर परिक्षणको नतिजा लिने गर्दछन्।
देवघाट गाउँपालिकामा हाल १३ जना कोरोना संक्रमित रहेको छ। शुक्रबार प्राप्त रिर्पोटमा ५ महिला ७ पुरुष गरि १२ जना संक्रमित थपिएको थियो। केही दिन अघि ४७ जनाको स्वाव संकलन गरि परिक्षणकोलागि पोखरा पठाईएको थियो। परिक्षणमा यस अघि संक्रमित भएका १ जनाको पनि रिर्पोट पुनः पोजेटिभ आएको देवघाट गाउँपालिका स्वास्थ्य साखा प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिए।
संक्रमित मध्ये वडा नम्बर ५ का १० जना, वडा नम्बर १ र २ का एक/एक जना रहेका छन्। संक्रमित सवै होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बुढाथोकीले जानकारी दिए।


























