चितवन, जेठ १ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४५५ जना निको भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या तीन लाख ३३ हजार १०८ पुगेको छ।
थप आठ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १८ हजार ५४८ स्वाब नमुना परीक्षण गरिएकोमा आठ हजार १६७ को नतिजा पोजिटिभ आएको हो। १७ हजार ९७१ नमुनाको पीसीआर र ५७७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। योसँगै नेपालमा कुल संक्रमितको संख्या चार लाख ४७ हजार ७०४ पुगेको छ।
कोरोनाका कारण थप १८७ जनाको मृत्यु पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार हजार ८५६ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ।
Facebook Comments

























