दाङ, जेठ १ । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ झुमरे का ४७ वर्षीय पुष्पराज श्रेष्ठ छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहका अनुसार नवनिर्मित आफ्नो घरमा पानी चार्नका लागि फलामको भर्याङ लैजाने क्रममा थ्री फेज लाइनमा छोएर उनलाई करेन्ट लागेको हो।
Facebook Comments


























