हेटौंडा, जेठ १ । मकवानपुरमा शनिबार थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १ सय ८३ जनाको पिसिआर परीक्षण गर्दा ९० जनामा कोरोना पुष्टि भएको हो। संक्रमित हुनेहरुमा ४३ जना महिला र ४७ जना पुरुष रहेको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौँलागाईंले जानकारी दिएका छन्।
वैशाख २९,३० र ३१ गते हेटौंडा १० गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा संकलन गरिएको स्वाब परीक्षण गर्दा ९० जनामा कोरोना पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरका वडा नम्बर ५ का १३ जना र थाहानगरका १८ जना रहेका छन्।
त्यस्तै, मकवानपुरगढी गाउँपालिकाकोका ३ जना, मनहरी गाउँपालिकाको २ जना, भीमफेदी गाउँपालिकाकोको १ जना र जिल्ला बाहिरको १ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या एकहजार ९ सय ५१ पुगेको छ।
Facebook Comments


























