चितवन, बैशाख ३० । क्यान महासघको हालै नवगठित ४ वटा तेह्रथुम, मनाङ, सोलुखुम्बु, ओखलढुंगा जिल्ला प्रबन्ध समितिका पधाधिकारी एबम सदस्यहरुका लागि अभिमुखिकरण कार्यक्रम बुधवार साँझ सम्पन्न भएको छ। उक्त कार्यक्रम मा स्रोत ब्यक्तिको रुपमा महासचिव नारायण थापा, डेप्युटी म्यानेजर उदिप बराल रहेका थिए।
संगठनात्मक स्वरुप, संरचना, विधि, अनुशासन र ईतिहास बारे बृहत जानकारी महासचिव नारायण थापा र सदस्यता पोर्टल बारे उदिप बरालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय अध्यक्ष नवराज कुवरले नबगठित जिल्लाहरुले गर्नु पर्ने जिम्मेवारीबारे बोलेका थिए।
कार्यक्रममा क्यान महासंघका केन्द्रिय सदस्य भानु शर्माले अनुभव सम्प्रेषण गरेका थिए। क्यान महासंघका केन्द्रीय सदस्य एबम प्रदेश तथा जिल्ला गतिविधि समिति (PDAC) का को अर्डिनेटर भानु शर्माले उपस्थित सम्बन्धित सबै साथिहरुलाई बिशेष धन्यवाद दिए। उपस्थित साथीहरु बिच परिचय कार्यक्रम सहित केन्द्रिय अध्यक्षले कार्यक्रम समापन गरेका थिए। zoom online बाट सप्पन्न कार्यक्रममा सबै जिल्लाका ३० जनाको उपस्थिति थियो।


























