चितवन, बैशाख २९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४४४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। यसअघि हिजो ५ हजार २२५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका थिए।
मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्। योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख १६ हजार ४६३ पुगेको छ।
बितेको २४ घण्टामा नेपालमा थप ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ। यसमध्ये पीसीआरबाट ९ हजार २३८ र एन्टिजेनमा ६८ जनमा संक्रमण पुष्टि भएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
Facebook Comments


























