काठमाडौं, बैशाख २८ । चीन सरकारले अनुदानमा उपलब्ध गराउने भनेको २० हजारमध्ये चार सय थान अक्सिजन सिलिन्डर नेपाल ल्याइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज चार सय थान अक्सजिन सिलिन्डर चीनबाट नेपाल ल्याइएको जानकारी दिएको हो। बाँकी सिलिन्डर क्रमशः ल्याइने मन्त्रालयले जनाएको छ।
अक्सिजन सिलिण्डर लिनका लागि नेपाल वायुसेवा निगमको वाइड बडी ए ३३० विमान चीन गएको थियो। विमानले अक्सिजन सिलिण्डरका साथै १६० अक्सिजन कन्सर्नटेटर, १० थान भेन्टीलेटर गरि करिब ३० टन सामान लिएर फर्किएको हो। अन्य सामग्री तयार हुनासाथ लिन जानका लागि विमान तयारी अवस्थामा राखिने निगमले जनाएको छ।
Facebook Comments


























