काठमाडौ, बैशाख २८ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षणमा आवश्यक एक्सपान्सन कीट अभाव भएको छ। कीट अभाव भएसँगै अस्पतालले पीसीआर परीक्षण बन्द गरेको छ। अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारीका अनुसार ‘एक्सपान्सन कीट’ सकिएपछि पीसीआर परीक्षण हाललाई रोकिएको हो।
‘एक्सपान्सन कीट सकियो, त्यसलै हाललाई पीसीआर परीक्षण रोक्नुपर्ने भयो, अब कीट उपलब्ध भएपछि परीक्षण थालिनेछ,’ उनले भने ।
कोरोनाको उपचार हुने मुख्य सरकारी अस्पताल टेकुमा हाल दैनिक पाँच सयभन्दा बढी व्यक्तिको पीसीआर परीक्षण गर्दै आएको छ।
Facebook Comments


























