बैशाख २७ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्ष र विपक्ष कतै पनि आफू नरहेको बताएका छन्। प्रतिनिधि सभाको विशेष अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘म यो प्रस्तावको प्रस्तावको पक्षमा पनि छैन। विपक्षमा पनि छैन। हामी यो अवस्थामा पनि पीडित छौँ,’ उनले भने, ‘हाम्रा सांसद जेलमा छन्। रेशम चौधरीजीलाई म यहाँ हेर्न चाहन्छु। हाम्रा धेरै मेयर, प्रदेशका साथीहरु, सयौँ कार्यकर्ता मुद्दा खेपिरहेका छन्। कस्ले किन ? यो संविधानले गर्दा, यो सविधानको त्रुटिले गर्दा।’
उनले संविधानको धारा ७६ अनुसार बनेको सरकारमा प्रधानमन्त्री मजबुत हुन नसकेको भन्दै संसोधन गर्नुपर्ने पनि बताए ।
Facebook Comments


























