बैशाख २७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २०० रूपैयाँले बढेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ रहेको छ।
चाँदीको मूल्य पनि आज बढेको छ। चाँदीको मूल्य आज प्रतितोला १५ रूपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
Facebook Comments

























