काठमाडौं, बैशाख २७ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
आज बसेको माओवादी संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र यो अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्याउने निर्णय गरेको हो। माओवादीका सांसद देवेन्द्र पौडेलले आज आफूहरूको तर्फबाट अविश्वास प्रस्ताव दर्ताको तयारी रहेको समेत जानकारी दिए।
उनले भने, ‘तर परिस्थिति के हुन्छ, सदनमा प्रधानमन्त्री कसरी प्रस्तुत हुनुहुन्छ हेरौं।’
प्रधानमन्त्रीको राजीनामा नआए अविश्वासको प्रस्ताव दर्ता गर्ने पौडेलले बताए।
Facebook Comments


























