काठमाडौ, बैशाख २७ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खनाल-नेपाल पक्षलाई हतारोमा कुनै पनि अनुचित निर्णय नलिन आग्रह गरेका छन्। ट्वीटरमार्फत सम्बोधन गर्दै ओलीले आन्तरिक मतभेद वा असन्तुष्टी केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन्।
‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरुको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस् केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं,’ ओलीले ट्वीटमा भनेका छन्।
Facebook Comments

























