बैशाख २७ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा आर्सनलले वेस्ट ब्रुमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा २९ औं मिनेटमा इमिल स्मिथको गोलबर आर्सनलले अग्रता बनाएको थियो। ३५ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनलको अग्रता २-० को बनाए।
खेलको ६७ औं मिनेटमा माथ्युएस पेरिएराले गोल गर्दै वेस्ट ब्रुमलाई २-१ को स्थितिमा ल्याए। तर, खेलको ९० औं मिनेटमा विलियनले गोल गर्दै आर्सनललाई ३-१ को जित दिलाए। जितसँगै आर्सनलले ३५ खेलमा ५२ अंक जोडेको छ। आर्सनल लिगको नवौं स्थानमा उक्लिएको छ।
यस हारसँगै वेस्ट ब्रुम भने रेलिगेसनमा परेको छ। वेस्ट ब्रुम २६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ। वेस्ट ब्रुमले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ।
Facebook Comments


























