बैशाख २७ । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा मिलानले युभेन्ट्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
युभेन्ट्सको मैदानमा मिलानलाई जित दिलाउन ब्राहिम डियाज, एन्ट रेबिक र फिकायो टोमोरीले एक एक गोल गरे। पहिलो हाफको इन्जुरी समयमा डियाजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए। ५८ औं मिनेटमा मिलनका फ्रान्क केस्सी पेनाल्टीमा गोल गर्न चुके।
खेलको ७८ औं मिनेटमा रेबिकले गोल गर्दै मिलानलाई २-० को अग्रता दिलाए। त्यसपछि खेलको ८२ औं मिनेटमा टोमोरीले गोल गर्दै मिलानलाई ३-० को जित दिलाए। जितसँगै मिलान लिगको तेस्रो स्थानमा उक्लिएको छ। मिलानले ३५ खेलमा ७२ अंक जोडेको छ। युभेन्ट्स लिगको पाँचौं स्थानमा रहेको छ। युभेन्ट्सले ३५ खेलमा ६९ अंक जोडेको छ। एजेन्सी
Facebook Comments


























