काठमाडौं, बैशाख २६ । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा काठमाडौं रेजर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ।
काठमाडौं र चितवनबीचको खेल साँझ साझ ५ बजे सुरु हुनेछ। काठमाडौं प्ले फा पुगिसकेको टिम हो। चितवन बाहिरिसकेको छ। त्यसैले यस खेल प्रतिष्ठाको लडाईको रुपमा रहेको छ।
तर, काठमाडौं आज जित निकाल्दै शीर्ष स्थानमा रहेर प्ले अफ खेल्न चाहन्छ। काठमाडौं ५ खेलमा १० अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ।
चितवनसँग जित वा बराबरी खेलेको अवस्थामा काठमाडौं शीर्ष स्थानमा रहनेछ। चितवन भने ५ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ। चितवन अन्तिम खेल जित्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ।
Facebook Comments

























