बैशाख २६ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २-० गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने र थियागो अल्कानटाराले एक एक गोल गरे। खेलको ३१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ९० औं मिनेटमा थियागोले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए। जितसँगै लिभरपुलले च्याम्पियन्स लिगमा छनोट हुने आशा कायम राखेको छ। लिभरपुल ३४ खेलमा ५७ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। साउथह्याम्पटन ३७ अंक जोडेर १६ औं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























