काठमाडौं, बैशाख २६ । संसदको विशेष अधिवेशनको पूर्वसन्ध्यामा २६ सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
आज दिउँसो १ बजे बस्ने बैठकमा संक्रमित २६ सांसदलाई प्रधानमन्त्री ओलीले सोमबार लिन लागेको विश्वासको मतमा कसरी सहभागी गराउने भन्ने परामर्श हुन लागेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।
प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि केही दिनअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, संसद सचिवालयका कर्मचारी र पत्रकारलगायतको स्वाब परीक्षण गरिएको थियो। सो परीक्षणबाट २६ जना सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
Facebook Comments

























