बैशाख २५ । स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडले सहज जित निकालेको छ। शुक्रबार राति भएको खेलमा सोसिडाडले १० खेलाडीमा सिमित इल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा सोसिडाडलाई जित दिलाउन अर्टिज एलुस्टोन्डो र मिकेल ओयार्जाबलले एक एक गोल गरे। खेलको ११ औं मिनेटमा राउल गुटीले रातो कार्ड पाएपछि इल्चे सुरुवातमै १० खेलाडीमा समेटिएको थियो। तर, सोसिडाडले गोल निकाल्न दोस्रो हाफसम्म कुर्नु पर्यो।
खेलको ७२ औं मिनेटमा अर्टिजले गोल गर्दै सोसिडाडलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा ओयार्जाबलले गोल गर्दै सोसिडाडलाई २-० को जित दिलाए । जितसँगै सोसिडाडले ३५ खेलमा ५६ अंक जोडेको छ। सोसिडाड पाँचौं स्थानमा रहेको छ। इल्चे ३० अंक जोडेर १९ औं स्थानमा रहेको छ।
Facebook Comments


























