बैशाख २३ । साताको अन्तिम कारोबार दिन नेप्से सूचक १२.४७ अंकले घटेर २६३७.१३ विन्दुमा अडिएको छ। यसदिन ६ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २ सय १६ कम्पनीको १ करोड ५९ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो। ३ वटा समूह बाहेक अरु समूहको सूचकाङ्कमा गिरावट छ।
२ वटा कम्पनी खानीखोला हाइड्रोपावर कम्पनी र जन उत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयरको भाउ १० प्रतिशतले बढेको छ। सात कम्पनीको सेयर भाउ ९ प्रतिशत भन्दा माथि छ। आज एचआइडीसीएलको ४६ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। एनसीसी बैंक र लक्ष्मी बैंकको पनि सबैभन्दा बढी सेयर कारोबार भएको छ।
Facebook Comments


























