काठमाडौं, बैशाख २३ । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गरेको हो। ललितपुरको जितमा नुर्लान नोभ्रुजोभले खेलको पाँचौ मिनेटमा गोल नै निर्णायक बन्यो।
कप्तान अन्जन विष्टले हेडमार्फत मिलाइदिएको पासमा नुर्लान नोभ्रुजोभले गोल गरेका थिए। जितपछि ललितपुरले ५ खेलबाट ६ अंक जोड्दै शीर्ष चारमा उक्लदै शीर्ष चारमा पर्ने सम्भावना जीवितै राखेको छ। ललितपुरसँगको हारसँगै लुम्बिनीको शीर्ष चारमा पर्ने सम्भावना न्यून बनेको छ। लुम्बिनीको ५ खेलबाट ५ अंक जोडेर पाँचौ स्थानमा झरेको छ।
Facebook Comments


























