काठमाडौं, बैशाख २३ । कोभिड–१९ को भेरियन्ट विश्वव्यापी रुपमा फैलिरहेका अवस्थामा स्वास्थ्यको मापदण्ड अपनाएर उच्च सतर्कताका बीच पनि न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी कूल १६१ जनामा कोरोना संक्रमण भएको छ। सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार बुधबारसम्म सर्वोच्च, उच्च र जिल्ला अदालतमा सयभन्दा बढीलाई कोरोना संक्रमण भएको पुष्टि भएको र महामारीकै कारण सबै अदालतमा सेवा कटौती गरिएको छ।
यसअघि नै सर्वोच्च अदालतको पूर्ण बैठकले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन तथा कोभिड महामारी, जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गर्ने निर्णय गरिसकेको छ।
अदालतले सो अवधिमा बन्दीप्रत्यक्षीकरण र कोरोनासँग सम्बन्धित रिट निवेदनबाहेक अरु सुनुवाइ नगर्ने निर्णय गरेको हो। अदालतले कारवाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा र रिट निवेदनमा रहेका हदम्याद, म्याद र तारेख नगुज्रने जनाएको छ। रासस














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











