सिरहा, बैशाख २३ । गाँजासहित प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका ११ बाट तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले १२ किलोग्राम लागुऔषध गाँजासहित धनगढीमाई नगरपालिका १३ निवासी २१ वर्षीय राकेश यादव, २१ वर्षीय सुनिल यादव र २० वर्षीय सञ्जय यादवलाई पक्राउ गरेको हो।
प्रहरीले धनगढीमाई नगरपालिका–११ श्रमजिवी जाने बाटोमा मोटरसाइकल जाँच गर्ने क्रममा दुबै मोटरसाइकलमा सवार तीनै जनाको साथबाट गाँजा बरामद् भएकाले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहान सिरहाका प्रहरी नायब उपरिक्षक डा.तपनकुमार दाहालले जानकारी दिए। रासस
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











