चितवन, बैशाख २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ५८७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।
१६ हजार १३१ जनाको पीसीआर र ५७१ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन्। योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ।
Facebook Comments


























