बैशाख २१ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ। दिल्लीमा हुने खेलमा मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ।
मुम्बई र हैदरावादबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ। आज मुम्बई पाँचौ जित निकाल्ने योजनासहित मैदान उत्रने छ। मुम्बई ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ।
हैदरावाद भने दोस्रो जित निकाल्ने योजनामा हुनेछ। हैदरावाद ७ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ। दुई टिमबीचको पछिल्लो पाँच खेलमा मुम्बई ४ खेल जितेको छ। हैदरावादले १ खेल जितेको छ। एजेन्सी
Facebook Comments


























