बैशाख २१ । विश्व स्नुकर च्याम्पियनसिपको उपाधि मार्क सेल्बीले जितेका छन्। इंग्ल्यान्डको क्रुसिबल थियटरमा साउन मर्फीलाई पराजित गर्दै मार्कले उपाधि जितेका हुन्।
उपाधि जित्ने क्रममा मार्कले मर्फीमाथि १८/१५ को जित निकाले। यससँगै मार्क चौंथो पटक विश्व च्याम्पियन बनेका छन्। मार्क सर्वाधिक धेरै विश्व च्याम्पियन हुने खेलाडीको सूचीको पाँचौ स्थानमा रहेका छन्।
स्कटल्याण्डका स्टेफेन हेन्ड्री सर्वाधिक विश्व च्याम्पियन बन्ने खेलाडी हुन्। स्टेफेनले ७ पटक विश्व च्याम्पियनसिपको उपाधि जितेका छन्। एजेन्सी
Facebook Comments


























