बैशाख २० । सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुनको मूल्य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ। आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको प्रतितोला मूल्यमा पनि पाँच रुपैयाँको वृद्धि भएको छ।
आइतबार १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार १३ रुपैयाँ प्रतितोला कायम भएको छ। निषेधाज्ञाका कारण देशैभरका प्रमुख शहरहरु बन्द हुँदा सुनको कारोबारमा भने भारी गिरावट आएको महासंघले जनाएको छ।
सामान्य अवस्थामा दैनिक बजारमा ३५ किलो सुनको कारोबार हुने भएपनि अहिले कम मात्रामा सुनको कारोबार भइरहेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए।


























