चितवन, बैशाख १९ । गोरखाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ। मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ का ७८ वर्षीय वृद्ध रहेका छन्।
उनीको आज राति पौने १ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो। निमोनिया र मधुमेहको समस्या भई यही वैशाख १७ गते सो अस्पतालमा भर्ना भएका उनीमा १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनीको मृत्यु भएको अस्पतालले जनाएको छ। रासस
Facebook Comments


























