बैशाख १९ । लोकदोहोरी गायक राजु ढकाललाई दोस्रोपटक कोरोना संक्रमण भएको छ। आइतबार गायक ढकालले सामाजिक सञ्जालमार्फत आफूलाई दोस्रोपटक कोरोना संक्रमण भएको जानकारी दिएका छन्।
लगातार ज्वरो आएर टाउको र जिउ दुखेपछि शनिबार पीसीआर परीक्षण गर्दा उहाँमा कोरोना संक्रमण देखिएको हो। उनलाई गतवर्ष पनि कोरोना संक्रमण भएको थियो। उनले कोरोनाविरुद्धको खोप लगाएका थिएनन्।
ढकालले १५ गतेसम्म आफूसँग नजिक हुनेहरूलाई सजगता अपनाइ परीक्षण गराउन आग्रह गरेका छन्। यस्तै उनले अहिले कोरोना संक्रमण हुँदा पहिलाको भन्दा गाह्रो महसुस भएको उल्लेख गरेका छन्।
Facebook Comments

























