चितवन, बैशाख १६ । बितेको २४ घण्टामा ५ हपार ७ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै २४ घण्टामा ३३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ६ सय ५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५ सय २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै ९ सय २८ जना निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८ सय १३ पुगेको छ भने मृतकको कुल संख्या ३ हजार २ सय ८९ पुगेको छ। हालसम्म २४ लाख ७३ हजार ९ सय ५६ जनाको पीसीआर परीक्षण भइसकेको छ।


























