बैशाख १७ । कोरोना संक्रमणबाट भारतमा एक पत्रकारको मृत्यु भएको छ। भारतको आजतक टेलिभिजनमा कार्यरत पत्रकार रोहित सरदानाको मृत्यु भएको भारतीय मिडियाले जानकारी दिएका छन्।
उनी भारतको टेलिभिजन पत्रकारमा नाम चलेका पत्रकार मध्ये एक थिए। बिबिसी हिन्दीले दिएको खरब अनुसार २४ अप्रिलमा उनले आफूका कोरोना संक्रमण देखिएको जानकारी दिएका थिए।
उनले ट्विट गरेर बताए अनुसार केही दिनको ज्वरो र कोरोनाका अन्य लक्षण देखिएपछि उनले पिसिआर परीक्षण गराएका थिए। त्यसमा नेगेटिभ रिपोर्ट आएको थियो। तर स्क्यानिङ गरेर हेर्दा आफूमा कोभिड–१९ संक्रमण देखिएको सरदाना जानकारी गराएका थियो।
शुक्रबार बिहानै उनको मृत्यु भएको भारतीय मिडियाले खबर दिएका छन्। मृतक सरदाना बिहीबारसम्म पनि आफ्नो ट्विटरमा सक्रिय देखिन्थे। उनले संक्रमित बिरामीका लागि औषधि तथा बेडका लागि अपिल गरिरहेका थिए। ४० वर्षीय सरदानाले लामो समय जी न्यूज टिभीमा पनि काम गरेको जी न्यूजले जानकारी दिएको छ।


























