काठमाडौं, बैशाख १७ । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीवार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो।
थापाको सचिवालय स्रोतका अनुसार शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखिएको हो। थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको बताइएको छ।
चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो।
Facebook Comments


























