बैशाख १७ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ २३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५५ पैसा रहेको छ। अस्ट्रेलियन लडर एकको खरिददर ९२ रुपैयाँ र बिक्रीदर ९२ रुपैयाँ ४६ पैसा कायम भएको छ। क्यानाडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४८ पैसा कायम भएको छ।
जापानिज ऐन १० को खरिददर १० रुपैयाँ ८४ पैसा बिक्री दर १० रुपैयाँ ९० पैसा कायम भएको छ। साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा कायम भएको छ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा कायम भएको छ।


























